देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्ड सचिवालयमा हेरफेर, स्वकीय सचिव बाट हटाइए महरा

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर भएको छ ।

हालै सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए ।

हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ।

यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई पुर्ववत अवस्थामा प्रेस सेन्टरमा फर्काइएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने टुंगो लाग्न बाँकी नै रहेको सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार