देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रजातन्त्रकै जगमा गणतन्त्र – प्रधानमन्त्री देउवा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्रीले त्यसका लागि हामीले सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन् ।

७२औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रजातन्त्र प्राप्तिको २००७ को राजनीतिक क्रान्तिले नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति हो भन्दै प्रधानमन्त्रीले प्रजातन्त्रकै जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको बताएका छन् ।

राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ, यो सबै २००७ सालको क्रान्तिको जगमा सम्भव भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘२००७ सालको राजनीतिक परिवर्तनकै जगमा आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना भएको हो, यसलाई अब हामी सबैले थप सबल र सुदृढ बनाउन आवश्यक भएको छ ।’’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार