देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रजिअ दाहाल र एसएसपी ज्ञवालीविरुद्ध उजुरी

0

काठमाडौं – डा. गोविन्द केसीका समर्थकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा अस्ती शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिनाकारण पक्राउ गरिएको भन्दै सोलिडारिटी फर डा केसी अभियानका अभियन्ताले आज आयोगमा उजुरी दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालको निर्देशनमा प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार हनन गरिएको उजुरीमा उल्लेख छ । गत शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले अभियानका सदस्य पुकार बम, प्रितम सुवेदी, सचिन तिमल्सेना सहित १७ जनालाई प्रकाउ गरेको थियो ।

त्यस्तै आफूहरुलाई पक्राउ गरिंदा स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना नगरेको, पक्राउको कारण बारेमा कुनै जानकारी नदिएको, प्रहरी हिरासतमा राखी दिनभरी बन्धक बनाएको, बेलुका जबरजस्ती त्यहाँबाट निस्कासन गरेको, पक्राउ गर्दा र निस्कासन गर्दा कुनै सूचना नदिएको पनि उजुरीमा उल्लेख छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार