देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिकूलतामा एकता,अहिलेको आबस्यकता

0

यम पी. भुसाल

नेपाल शिक्षक महासंघ(CNT)का आबद्ध सम्बद्ध संस्थाका सबै आदरणीय अध्यक्षज्यूहरु नमस्कार,अभिवादन,जयनेपाल।

#बिध्यालय शिक्षाकर्मीहरुको सहमतिय सिद्धान्तमा स्थापित आधिकारिक ट्रेड युनियन संस्था नेपाल शिक्षक महासंघ(CNT)मा हालै देखिएको बिवादले सर्वत्र चासो र चिन्ता बढेको छ। फेरी यहि बिचमा मानव सभ्यतालाई चुनौती दिँदै फैलिएको कोरोना महामारीले पनि हामी शिक्षाकर्मीहरुको बिचमा ब्यापक सहमति र मजबुत एकताको माग गरेको छ।

लकडाउनको कारण प्रत्यक्ष भेटघाट र संवादहरु हुन नसक्ने भए पनि

#तत्काल फोन सम्पर्क र भिडियो संवादहरु जरुरी देखिन्छन।
यस्ता संवादहरुले मूलत बिवाद निरुपण गरि नेपाल शिक्षक महासंघलाई सहमतिय परम्परासहित बैधानिक ढंगले गतिशिल बनाउन र प्रतिकूलतामा पनि जुझारु अग्रसरता देखाउन ब्यापक एकता प्रबर्द्धन गर्नु पर्छ।

#यस्तो बिषम परिस्थितिमा पनि सरकारले शिक्षाकर्मीहरुसंग कुनै अपेक्षा र आव्हान नगर्नु आश्चर्यजनक छ! प्रतिकूल समयमा समाजको सचेत तप्काको हैसियतले शिक्षा मन्त्रालय मार्फत सरकारलाई

#शिक्षाकर्मीहरु वाट हुन सक्ने सहयोग,सहजीकरण र परिचालनको ठोश प्रस्ताव दिईनु पर्छ । शिक्षाकर्मीहरुको आर्थिक सहयोग संघीय सरकारको कोषमा एकद्वार योगदान हुने प्रबन्ध सुनिश्चित गरिनुपर्छ।

#संकटकालिन नियमीत शिक्षाका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग र परिचालन गरी लकडाउनमा घर घरमा रहेका बिध्यार्थीहरुलाई सहयोग गरिनुपर्छ।

#अहिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएका समितिहरुमा आबस्यक चासो र सहभागिता सुनिश्चित गरिनु पर्छ ।

#बाँकि शैक्षिक कार्यक्रम र ढिलो शुरु हुने शैक्षिक सत्र २०७७ का लागि आबस्यक पुर्व तयारीबारे स्पष्ट योजना बनाईनु पर्छ।

#शैक्षिक सत्र शुरु भएपछि बालबालिकालाई मनोपरामर्श दिने तयारी योजना बनाईनु पर्छ।

#कोरोना प्रतिकार्यमा अग्र मोर्चामा युद्धरत स्वास्थ्यकर्मीहरु र लकडाउनमा क्रियाशील शुरक्षाकर्मीहरुलाई उत्साहित गर्दै उनिहरुको पारिश्रमिक नकाट्न र थप प्रोत्साहनका लागि सरकारलाईसुझाव दिईनु पर्छ ।

#कोरोना प्रतिकार्य कोषमा आ.ब.२०७६/७७का बाँकी कार्यक्रमका बजेट रकमान्तर गरि ब्यबस्थित प्रयोगका लागी सुझाव दिईनु पर्छ।

#संघीय र प्रदेश सांसदहरुलाई पूर्वाधार विकास कार्यक्रमको बाँकी रकम यस कोषमा ल्याउन अपिल गरिनुपर्छ।

#कर्मचारी संचय कोष, नेपाल बिद्युत प्राधिकरण, आयल निगम, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष, बिमा संस्थान र संस्था, लगायतबाट योगदानकालागि अपिल गरिनुपर्छ।

#डेरामा बस्ने शिक्षाकर्मीहरुकालागि आबस्यक राहत ब्यबस्थापन गरिनुपर्छ।

#यसका लागि आबद्ध संस्थाहरुका अध्यक्षज्यूहरु र नेशि महासंघको राष्ट्रिय नेतृत्व लाई सार्थक संवाद गरी उपयुक्त पहलकदमी लिन र यथार्थमा ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ पुन प्रमाणित गर्न हार्दिक अपिल गर्दछु।

अन्त्यमा,
मानव सभ्यता नै बिषम परिस्थितिमा रहेको परिबेशमा नयाँ बर्ष २०७७ ले अनुकूल बिहानी ल्याओस् र सबै बिघ्नबाधाहरु हटुन भन्ने अपेक्षा सहित सबैलाई शुभकामना ब्यक्त गर्दछु।

# आज (NNTA को बिधान स्वीकृत भएको दिन-२०३६ चैत्र २९), NNTA का सबै सदस्य तथा नेता साथीहरुलाई बधाई तथा शुभकामना । जय नेपाल ।

(भुसाल ,नेपाल शिक्षक महासंघका सदस्य तथा  नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष हुन)

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार