देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘प्रतिगमन परास्त गर्न गठबन्धन आवश्यक’ – अध्यक्ष दाहाल

0

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन र प्रतिक्रियावादीहरूलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्।

महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आइतबार आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर प्रतिगमनको खतरा बाँकी रहेकोले गठबन्धन आवश्यक रहेको बताएका हुन्।

माओवादी केन्द्र संविधान र संघियताको रक्षाको लागी निरन्तर लागिपरेको बताउदै अध्यक्ष प्रचण्डले भने ‘केपी ओली गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्‍यौं तर प्रतिगमनको खतरा अझै बाँकी छ’ ।

केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेले महत्त्वपूर्ण विषयहरूलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरूसमेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनले उल्लेख गरे।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार