देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिन्छ’ – प्रवक्ता महत

0

काठमाडौँ – नेपाली काँग्रेसले प्रतिनिधि सभाको बुधवारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ।

मङ्गलवारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधवारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन्।

‘एमसीसी टेबल हुन्छ। एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला। यो कार्यसूचीमा थपिनुपर्छ’, बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने।

संसद् सचिवालयले मङ्गलवार सार्वजनिक गरेको बुधवार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार