देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

0
<p>फोटो संसद सचिवालय</p>

फोटो संसद सचिवालय

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन्।

राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्‍नि सापकोटाले शनिबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेर अधिवेशन अन्त्य भएकाे जानकारी गराएका हुन्।

सङ्घीय संसद् प्रतिनिधि सभाको एघारौँ अधिवेशनको पहिलो बैठक २०७९ साल जेठ ३ गते मंगलबार बसेको थियो । यो अधिवेशनको अन्तिम बैठक २०७९ साल असोज १ गते शनिबार बसेको हो ।

संसद् जम्मा १२४ दिन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसेर जम्मा २५१ घण्टा १५ मिनेट संसदीय कारबाहीमा भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार यही अधिवेशनमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक दुई पटक गरेर चार घण्टा ४५ मिनेट बसेकाे छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार