देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधिसभाको बैठक आज बस्दै

0

(काठमाडौं) – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

आजैको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ४ वटा विधेयक पेश गर्ने तयारी पनि छ । संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार