देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधिसभा बैठक जेठ ६ गतेसम्मलाई सर्‍यो

0

काठमाडौं – प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गते बस्ने भएकाे छ। संसद् सचिवालयले जनाए अनुसार आगामी आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ।

आज ११ बिहान बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक सुरु नगरी स्थगित भएको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  र विपक्षी दलका नेताहरूसँगको संवाद साँझ ६ बजे बस्ने भएपछि सभामुखले बैठक स्थगित गरेको बताएका छन्।  सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने अडान राखेपछि संसद् चल्न सकेको छैन।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार