देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

0

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिबार (आज) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार