देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी सोमबार देशैभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ । प्रदर्शन क्षेत्रीय कार्यसमितिको आयोजनामा हुनेछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्ष समेत बैठकले निकालेको छ ।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ । आजै वरिष्ठ नेता रामचन्ऽ पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए ।

यसैबीच, आजको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य नगर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताए ।

यस्तै, कार्यसमिति बैठक भोलि १ बजे पुन: बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । गत मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बल्ल ११ जना सदस्यले धारणा राखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार