देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले लिइन शपथ

0

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई संसद सचिवालयस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसकि समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि एक पद रिक्त थियो । बाग्लुङबाट प्रतितिनिधित्व गर्ने छन्त्यालको असार १७ गते निधन भएको थियो ।

छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी  गुल्मीकि ज्वारचन सांसद बन्न लागेकी हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार