देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभाको बैठक बस्दै

0

काठमाडौं – प्रतिनिधि सभाको बैठक शनिबार आज पनि बस्दैछ । आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

सरकारले भोलि आर्थिक वर्ष २०७९–०८० को बजेट सार्वजनिक गर्दैछ ।  नीति तथा कार्यक्रमबाट आएका सुझावलाई समेटेर बजेटमा समावेश गरिने बताइएको भए पनि छलफल अझै सकिएको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको चर्को आलोचना गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार