देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने, यस्तो छ कार्यसुची

0

काठमाडौं – प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बजेदेखि बस्ने भएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ । 

सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरु र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कर्यसुची छ । त्यस्तै, उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पढेर सुनाउनुहुने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेलगायतका कार्यसूची तय भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार