देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

0

काठमाडौं – मनाङमा नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ विजयी भएका छन्। एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन् । टेकबहादुरले २ हजार २५ मत ल्याउँदा पोल्देन छोपाङले १ हजार ८ सय ३० मत ल्याए ।

प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ ‘क’ बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्। गुरुङले १२५५ मत पाउँदा एमालेका राजन गुरुङले ९२५ मत पाएको प्रमुख जिल्ला निर्वाचन अधिकृत सिलवालले बताए।

यो सँगै कांग्रेसले ३ प्रदेशमा जिते निकालेको छ। यसअघि कांग्रेसले मुस्ताङको दुबै प्रदेश सभामा जित निकालेको थियो।

मनाङ ‘ख’मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत भइसकेका छन्।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार