देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभा बैठक तत्काल सुचारु हुँदैन – नेम्वाङ

0

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा बैठक तत्काल सुचारु नहुने बताएका छन् ।

नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध भइरहने पनि बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको स्पष्ट पारे । नेम्वाङले प्रतिनिधि सभा बैठक तत्काल सुरु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।

‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भई रहेको छ,’ उनले भने, ‘त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भईरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरी बस्न सक्नुहुन्छ ?

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार