देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभा विघटनविरुद्ध जसपाले वडा तहसम्म विरोध गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

जसपाले गही माघ २३ गतेदेखि २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार