देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधीसभा बैठक १३ गतेसम्मकालागि स्थगित

0

काठमाडौं – प्रतिनिधी सभाको आजको बैठक आगामी १३ गते सम्मकोलागी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को बैठकमा अवरोध जारी राखेपछी संसद बैठक स्थगित भएको हो ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी नेताहरुको बैठकले संसद्को गतिरोध जारी राख्ने निर्णय गरेको थियो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ।

संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि टीओआर (कार्यादेश) मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ। यस कार्यलाई अन्य प्रतिपक्षीदलले साथ दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार