देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिवेदनमा मेरै बारेमा चिरफार गरेको छु – प्रचण्ड

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आत्मासमीक्षा गरेको बताएका छन्।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले महाधिवेशनमा कहाँ कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिने बताएका हुन्।

‘महाधिवेशनमा शान्तिप्रक्रियामा आएपछि कहाँ-कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिन्छ। मैले आफैलाई चीरफार गरेको छु। कसरी माओवादी केन्द्र कमजोर भयो भनेर।’ उनले भने ।

प्रचण्डले नेकपा गठन गलत  नभएको बताउँदै कहाँ गल्ति भयो समीक्षा आवश्यक रहेको धारणा राखे। उनले भने, ‘पार्टी एकता गरेर गल्ति गरेका थिएनौं, फेरी आत्मसमीक्षा गरौं। हाम्रो उद्देश्य गलत थिएन। के कारणले फुट्यो ? मनन हुन जरुरी छ। ’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार