देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदर्शन गर्न युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको प्रशासनले दुर्गा प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकियो

0
<p>महेश बस्नेत &#8211; दुर्गा प्रसाइँ</p>

महेश बस्नेत – दुर्गा प्रसाइँ

काठमाडौं – दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने भनिएको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु क्षेत्र तोकिदिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए ।

यसैगरी प्रशासनले यसअघिनै महेश बस्नेतले नेतृत्व गर्ने भनिएको नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । प्रशासनले भने दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेको हो ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् ।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार