देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेशको अधिकारकालागी सिंहदरबारमा धर्ना बस्न तयार छु – मुख्यमन्त्री कार्की

0

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका अधिकार तत्काल हस्तान्तरण गर्न माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका काममा समेत संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् ।

सांसदहरूको प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘हामीले हाम्रो अधिकार ल्याउन र जनतालाई डेलिभरी दिन, संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई ल्याउन मुद्दा हाल्न पनि सक्छौं।

संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउन सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ। अधिकार छिट्टै आएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसाबले गएर धर्ना दिन्छु ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार