देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल

0

रासस/खस्यौली – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् । प्रदेश नं. ५ को स्थापना दिवसका अवसरमा आज मंगलबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

मुख्यमन्त्री पोखरेलले सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिए । उनले भने, “हामीले विकासको आकाङ्क्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।”

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार