देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश एकका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन, अविश्वासको प्रस्ताव दर्ताको तयारी

0

विराटनगर -नेकपाको दाहाल–नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयारी गरेको छ । आइतबार नै राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने तयारी भएको छ ।

प्रदेश–१ को सरकारविरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसँग काठमाडौंमै छलफल जारीरहेको नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले जानकारी दिए । यसअघि मुख्यमन्त्री पदका लागि भएको निर्वाचनमा नेता आचार्य राईसँग पराजित भएका थिए ।

बदलिएको परिस्थितिबीच प्रदेश–१ मा पनि मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् । उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेकपाको दहाल–नेपाल समूह सक्रिय रुपमा लागेको छ । यसअघि संसदीय दलमा मुख्यमन्त्रीलाई समर्थन गरेका ओली पक्षधर केही प्रदेश सांसदले समेत केन्द्रीय सदस्यको पद अस्वीकार गरेसँगै उनीहरुले क्याम्प फेरेको विश्लेषणसमेत हुन थालेको छ ।

प्रदेश–१ प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । ९३ जनाको प्रदेशसभामा ६७ सदस्य नेकपाका छन् । तर बदलिएको परिस्थितबीच सांसद संख्याको विषयमा ओली र दाहाल–नेपाल समूहले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेका छन् । अल्पमतमा परेका मुख्यमन्त्रीको समर्थनमा बढीमा १८ प्रदेशसभा सदस्य मात्र रहेको अर्को पक्षको दाबी छ ।  तर, मुख्यमन्त्री राईले २७ जनाभन्दा धेरै सांसद आफ्नो पक्षमा रहेको बताउने गरेका छन् । प्रदेश सरकार गठन गर्न ४७ सांसदले बहुमत पुग्छ । दाहाल–नेपाल समूहले आफूहरुसँग ४७ जना सांसदको बहुमत रहेको दाबी गर्दै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार