देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश दुईको अधिबेशनमा सघाउन गगनलाई निधिको अनुरोध

0

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नवनिर्वाचित महामन्‍त्री गगन कुमार बीच भेटवार्ता भएको छ । मध्यबानेश्वरस्थिति निधि निवासमा भएको भेटावार्तामा निधिले गगनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

नवनिर्वाचित महामन्‍त्री थापासहित अर्का नेता चन्द्र भण्डारी निधिलाई भेट्न मध्यबानेश्वर पुगेका हुन् । उनीहरूबीच प्रदेश २ को महाधिवेशनका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ ।

प्रदेश २ को अधिवेशन यही पुस ६ गतेलाई तय भएको छ । भेटमा प्रदेश २ को सभापतिमा रामसरोज यादवलाई समर्थन गर्न निधिले थापालाई अनुरोध गरेका थिए ।

भेटमा सहभागी एक नेताका अनुसार निधि र थापाबीच भोलि फेरि भेट गर्ने सहमति भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार