देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश प्रमुखको बर्खास्ती उपनिर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र : कांग्रेस

0

(काठमाडौं) – प्रदेश प्रमुखहरु बर्खास्त गर्ने सरकारको निर्णय सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न भएको निष्कर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निकालेको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको  बैठकले संस्थापक प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर हटाउनु अशोभनीय भएको ठहर गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ ।’

प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको कांग्रेसले जनाएको छ ।

संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको कांग्रेसले बताएको छ ।

‘यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत हो ।’

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर बैठकले गरेको कांग्रेसले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार