देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश र पालिकाले गरेका बढुवा रद्द गर्ने निर्णय

0

काठमाडौं – लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुको रुपन्देहीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

सम्मेलनले प्रदेश तथा स्थानीय तहहरुले प्रक्रिया पूरा नगरी गरेको बढुवा, तह वद्धि, स्तरवृद्धि लगायतका काम सम्बन्धित प्रदेश लोकसेवा आयोगहरुले रद्द गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको लोकसेवा आयोगका प्रवक्ता तोयनाथ सुवेदीले बताए ।

संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई परीक्षामा उमेरको हद नलाग्ने, कुनै लोकसेवा आयोगले कारवाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगको परीक्षामा आवेदन दिन नपाउने गरी कानुनी व्यवस्था गर्ने सम्मेलनले निर्णय गरेको छ ।

त्यस्तै अन्तर प्रदेश समान तहको पदमा उम्मेदवार हुन नपाउने, कर्मचारीको वृत्ति विकासका आधार र मापदण्डलगायतको विषयमा लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था गर्ने पनि सम्मेलनले निर्णय गरेको छ ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच आवश्यक सूचना आदान प्रदान गर्न एकीकृत सूचना प्रणाली स्थापना गर्ने, प्रत्येक वर्ष फागुन २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि सम्मेलनले गरेको लोकसेवा आयोगका प्रवक्ता तोयनाथ सुवेदीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार