देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश सभा विघटनको तयारीमा प्रधानमन्त्री ओलि

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्ने तयारी गरेका छन् ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा भंग गर्ने तयारीमा लागेको स्राेतले बतायाे ।

हाल सात प्रदेशमध्ये चार प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओलीनिकट नेताहरू मुख्यमन्त्री छन् ।

ओली समूहका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछी ओलिले प्रदेश सभा भंग गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

केन्द्रजस्तै प्रदेशको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिने र बहुमत साबित गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा विघटनका लागि आफू निकट मुख्यमन्त्री र नेताहरुसँग छलफल गरेको वालुवाटार स्रोतले बतायो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार