देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त

0

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मन्त्रिबाट हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले प्रचण्ड–नेपाल समूहका आङ्बोलाई शनिबार पदमुक्त गरिएको पुष्टि गरे । उनीविरुद्ध प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको आरोप लगाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको प्रभाव प्रदेश सरकारसम्म पुग्ने क्रममा बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याइसकेको बेला प्रदेश १ मा पनि एक मन्त्री बर्खास्तीमा परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि केन्द्रमा नेकपा विभाजित बनेको छ । सोही विभाजनको राप तल्लो तहसम्म देखिँदै गर्दा प्रदेश सरकारमा पनि समीरकण फेरबदल हुने सम्भावना देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार