देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश १ सरकारमा थपिए ४ मन्त्री र २ राज्यमन्त्री

0

विराटनगर –  प्रदेश नम्बर १ को मन्त्रिपरिषदमा ४ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको छ ।

नवगठित मन्त्रीपरिषदमा टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, उषाकला राई सामाजिक विकास मन्त्री र अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । यसैगरी राजकुमार ओझा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र कला घले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री ऐएका छन् ।

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रम बीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई र मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

पुनर्गठनपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । नेकपाको विवादका क्रममा २ जना मन्त्री र २ जना राज्यमन्त्रीले राजीनामा दिएपछी रिक्त मन्त्रालय आज पदपुर्ति गरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार