देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश २ का उद्योगमन्त्री बर्खास्त

0

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् ।

राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको हो ।

प्रदेशमन्त्री राय संघीय कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्रराय यादव निकट हुन् । तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट समानुपातिक प्रदेश सांसद बनेका राय महेन्द्रकै कोटामा प्रदेश सरकारमा मन्त्री बनेका थिए । महेन्द्रसँगै रायले पनि जनता समाजवादी पार्टी रोजेका थिए ।

बर्खास्त गरिएका मन्त्री रायको मन्त्रालय नेकपा (एस) का प्रदेश संसदीय दलका नेता शत्रुधन महतोलाई दिइँदैछ । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार