देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश ५ को राजधानी दाङमा बनाउने प्रस्ताव दुई तिहाईले पारित

0

रुपन्देही –  प्रदेश ५ को स्थायी राजधानीमा दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाईले पारित भएको छ ।

मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

प्रदेश सरकारले दाङको देउखुरीलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगांगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन् । उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार