देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

0

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। संसदीय सुनुवाइ समितिले साेमबार सर्वसम्मत अनुमाेदन गरेपछि राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

यसअघि  साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका थिए।

श्रेष्ठले साउन २१ गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की  साउन २० गतेदेखि अवकासमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार