देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको तयारिमा बार

0

काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको जनाएको हो।

बारले प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन ‘अल्टिमेटम’ दिएको समयसिमा सकिँदा सम्मपनी जबराले पदबाट राजीनामा नदिएकोले आन्दोलनलाई थप शसक्त बनाउने तयारी गरिएको बारको भनाई छ।

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै घोषणा गरेको थियो।

आज  देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार