देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

0

काठमाण्डौं – लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अन्तिम समयमा सुरक्षाको कारणभन्दै बालुवाटार सारिएपछी सुरक्षाको बिषयलाई लिएर वादविवाद शुरु भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले धुम्बाराहीमै बैठक गर्ने निर्णय गरे पनि ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ छ । तर, सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन् ? विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताले पनि गम्भीर प्रश्न उठाएका छन् ।

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था कमजोर भएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन् । केही ‘सुरक्षा थ्रेट’को विषय उठाएर देशको प्रतिष्ठामाथि खेलबाड गरिएको बताउँछन् भने केहीचाहिँ प्रधानमन्त्री निवासबाटै यो खबर आएकोले हलुका ढंगले टिप्पणी गर्न नहुने बताउँछन् ।

पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी भएको बताए । ‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ, तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नुभएको हो ?’ उनले भने, ‘यो त निम्नस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो ।’

साँच्चै ‘सुरक्षा खतरा’ भए अनुसन्धान हुनुपर्ने प्रधानको मत छ । ‘त्यस्तो खतरा छ भने उहाँहरूले अनुसन्धान गर्नुपर्ने हो । प्रधानमन्त्रीको पार्टी मुख्यालय नै असुरक्षित छ भने उहाँहरूले नेतृत्व गर्नुभएको सुरक्षा संयन्त्र कमजोर छ भन्ने सन्देश जान्छ, यसले कुनै नेता वा पार्टी मात्रै होइन, देश नै बदनाम भएको छ,’ उनले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार