देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गरिएको हो । उनको दुवै पटक रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुई जना सुरक्षा गार्ड, ३ नम्बर गेट तर्फका क्यान्टिन सञ्चालकहरू संक्रमित भएपछि देउवाको दोस्रो पटक परीक्षण गरिएको हो ।

यसअघि शुक्रबार बालुवाटारमा देउवासँगै बैठकमा बसेका सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना संक्रमित पुष्टि भएपछि पनि प्रधानमन्त्रीको पिसिआर परीक्षण गरिएको थियो ।

त्यतिबेला पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार