देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको दौडधुप र शीतल निवासको गोप्य वार्ता

0

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त रहे । अपेक्षा गरिएभन्दा भिन्न शैलीमा ओलीले निवासहरुमै पुगेर नेता र मन्त्रीहरु भेटे । शनिबार बिहानै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न ओली खुमलटार पुगेका थिए । बालुवाटारभित्रै सचिवाल र स्थायी कमिटीको बैठक हुँदा समेत अनुपस्थित रहने गरेका ओली प्रचण्डको निवासमै पुग्नुलाई अर्थपूर्ण   रुपमा हेरिएको छ ।

त्यतिमात्र होइन ओलीले पुल्चोकस्थित मन्त्री निवास पुगेर पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापासँग छुट्टै भटवार्ता गरे । त्यसपछि अरु मन्त्रीहरुसँग सामुहिक रुपमा भेटेर प्रचण्डसँगका कुराकानी सुनाए । प्रधानमन्त्री ओलीको यो घरदैलो दौडधुप आकस्मिक राजनीतिक कदमको पूर्व तयारी पनि हुनसक्ने आशंका गरिएको छ ।

साथै हरेक राजनीतिक घटना लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर त्यसपछि नेकपाका अन्य नेताहरुलाई शीतल निवास बोलाउने घटनाहरुले अनपेक्षित राजनीतिक साँठगाँठको संकेत गरिरहेको जानकार हरुको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटवार्ताबारे सामान्य जानकारी गराएका थिए । प्रधानमन्त्री ओली शनिबार बिहानै खुमलटार पुगेर प्रचण्डसँग भेट गर्दा उपाध्यक्ष वामदेव गौतम समेत सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार