देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने पक्राउ

0

(काठमाडौं) – विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका–१ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरण राज पौडेल रहेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक गरेका थिए ।

उनले नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन समेत गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार