देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका नेपाल एयरलाइन्सका यात्रु अझै अलपत्र परेका छन्।

फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले प्रधानमन्त्री दाहालको लागि समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र परेका हुन्।

प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले बुधवार राति ११ः३० बजेको उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज साढे ९ बजे नै उडाएको थियो। निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय तालिका संशोधन गरेपछि ३१ जना यात्रुहरू दुबई जानबाट रोकिएका थिए।

ती मध्ये १० जना यात्रु बिहीवार दुबई पुगेका छन् भने बाँकी २१ जना अझै काठमाडौँमै रहेको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए।

जलवायु न्यायका लागि विश्व युवा अभियान्ता प्रज्वलविक्रम राणाले आफ्नो सामाजिक सञ्जालमा बुधवार छुटेका मध्ये १० जना सकुशल दुबई पुगेको लेखेका छन् ।उनी पनि प्रधानमन्त्री दाहाल दुबई जाने क्रममा छुटेका यात्रुमध्येका एक हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार