देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको मुख्य मन्त्रीलाई प्रश्न – तपाईले देश चलाएको हो कि प्रदेश ?’

0
<p>सामाजिक सञ्जाल</p>

सामाजिक सञ्जाल

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग पेरधानमन्त्री ओली निकै आक्रोशित बनेका छन्। शनिबार प्रदेशको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा आफ्ने व्यथा सुनाउन बालुवाटार पुगेका प्रदेशका नेताहरुसंग प्रधानमन्त्री केपी शर्मा ओली निकै असन्तुष्ट देखिएका हुन् ।

श्रोतका अनुसार शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्रीले शाहीलाई बारम्बर सोधेका थिए– तपाईले प्रदेश चलाएको हो हो कि देश ?’ ओलीले शाहीसंग बारम्बार सोधेका थिए– तपाईले प्रदेशसभाका मुख्य सचेतक गुलाबजंग शाहलाई कोसंग सोधेर हटाउनु भएको हो ?

त्यसपछि फेरि उनी आफु निकट कर्णाली प्रदेशका सह इन्चार्ज यमलाल कँडेलसंग पनि कड्किए– तपाईहरुले अविश्वासको प्रस्ताव कोसंग सल्लाह गरेर ल्याउनु भएको हो’ ? प्रधानमन्त्रीले प्रदेश देश नभएको र संघीय सरकारको युनिट भएकोले मनपरी नगर्न समेत मुख्यमन्त्रीलाई चेतावनी दिए । उनको प्रश्न थियो– जुन पार्टीको केन्द्रमा सत्ता छ त्यो पार्टीको मुख्यमन्त्रीले मन्त्री थप्न र हेरफेर गर्न प्रधानमन्त्रीसंग परामर्श गर्न आवश्यक छ कि छैन’ ?

प्रधानमन्त्रीले कानूनी रुपमा मुख्यमन्त्रीले त्यो गर्न सक्ने भएपनि मुख्यमन्त्रीले राजनीति हिसाबमा गल्ति गरेको भन्दै अविश्वास प्रस्ताव अगाडिका सबै कुरा यथास्थितिमा राख्न निर्देशन दिएको स्रोतले बतायो ।

सांसद कँडेलको नेतृत्वमा १८ जना सांसदले गत आइतबार मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न विवाद निरूपण गर्न पार्टीले दुवै पक्षलाई काठमाडौं बोलाएको थियो ।

शनिबारको भेटमा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश सहइन्चार्ज तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सांसदद्वय चन्द्रबहादुर शाही र गुलाबजंग शाह, यमलाला कंडेल लगायतका नेताहरु सहभागि थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार