देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमाविश्वदीप पाण्डे

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका युवा तथा सामाजिक विकासविज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाण्डेलाई सामाजिक विकासविज्ञ नियुक्त गरेको हो ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य पाण्डे ३ वैशाखमा मात्र माओवादीमा फर्किएका थिए ।

लामो समय डा. भट्टराईलाई स्वकीय सचिवको भुमिकामा रहेर साथ दिएका पाण्डे डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी घोषणा गर्दा उनीसँगै गएका थिए ।

वामपन्थी शक्तिहरूबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको उल्लेख गर्दै माओवादीमा फर्किनुबारे पाण्डेले लेखेका थिए, ‘सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवश्यक छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार