देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

0

काठमाडौं – प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुईजना काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४५ लाख रुपैयाँ ठगीको आरोपमा काठमाडौं नागार्जुनका राजेन्द्रप्रसाद खनाल र उनका सहयोगी विशाल खनाललाई आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले आफू प्रधानमन्त्रीको सल्लाहकार भएको र राजनीतिक पहुँचका आधारमा नाफा हुने गरी विभिन्न व्यवसायमा लगानीका नाममा पैसा लिएर ठगी गरेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेका खनालद्वय पीडितको ४५ लाख नगद तथा जिपसमेत लिएर फरार भएका थिए । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता रहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार