देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीज्यू,अहंकारको धरहराबाट ओर्लनुस् हामी साथ दिन तयार छौँ -गगन थापा

0

काठमाडौँ  – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले कोभिड महामारी नियन्‍त्रणण र क्षति न्‍यूनिकरण  गर्न सरकारलाई साथ दिन तयार रहेको बताएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमार्फत प्रतिक्रिया दिदैं त्‍यसका लागि सरकार सञ्चालकहरु जानकारहरूका कुरा सुन्‍न तयार हुनुपर्ने उनको भनाइ छ।

‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,’ उनले भनेका छन् ‘त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार