देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीलाई खुल्ला पत्र

0

प्रधानमन्त्री ज्यु नमस्कार !

समाचार श्रोत अनुसार तस्बिरमा देखियको यो पक्की मोटोरेबल पुल गोरखाको दरौदि नदि जरेबरमा बनेको पक्की पुल हो । ५, करोड ३९, लाख ,८०, हजार लागतमा बनेको पुलको पारिपट्टि घना जंगल र वारिपट्टि ब्यक्तिको हरियालि खेत देखिन्छ । यतिबेला समाचार र सामाजिक संजालमा यो पुलको निक्कै चर्चा छ ।

अझ आश्चर्य त जहाँको लागि पुल बन्यो त्यहीँका स्थानीयहरु नै यो पुलको आबस्यकता नै नभयको भन्दैछन । सडक नै नभएको ठाउँमा पुल किन ? यो पैसा ,शक्ति र सत्ताको चरम दुरुपयोग हो ।

फोटो साभार – अन्नपुर्णपोष्ट दैनिक ।

स्थानीयहरुको आक्रोश छ !! २०७७, सालमा ठेक्का सम्झौता भयर काम सुरु गरियको पुलको केहि प्रतिशत काम हुन अझै बाकिरहेछ ,तपाईंको कार्यकालमा नभयपनि सामाजिक संजाल र संचार माध्यमहरुमा प्राथमिकताका साथ समाचार प्रकाशित भयपछि अचानक मैले तपाईंलाइ सम्झिएँ ।

तपाईंलाइ सम्झिनुका केहि कारणहरु छन प्रधानमन्त्री ज्यु । गयको असार १, गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँ पालिकाको भ्रेमाथाङमा पहिरो गयो । पहिरोका कारण मेलम्ची हेलम्बु क्षेत्रमा ठुलो बाढि आयो र सोहि बाढिका कारण हेलम्बु गाउँ पालिका बाट मात्रै १८, जना मानिसहरु बेपत्ता भयो । हजारौं रोपनि खेतीयोग्य उर्बर जमिन ,दर्जनौं ट्राउट फार्म सयौं घर टहराहरु , सामुदायिक र सार्बजनिक भवनहरु दर्जनौं झोलुङ्गे पुल, विद्युत र ,सडकका पुर्बाधार अनि यौटा गाउँ बाट अर्को गाउँ जोड्ने आधा दर्जन यस भेगका लाइफ लाइन मोटोरेबल पुलहरु केहि घन्टामै बाढिले बगायो । वारिपारि आवतजावत बन्द भयो एक आपसमा सम्पर्क बिच्छेद भयो ।सडक, बिजुली बत्ती ,खानेपानी जस्ता अत्यावश्यक चिज बाट मानिसहरू महिनौंसम्म बन्चित बन्न पुग्यो । बाढीका कारण हजारौं मानिसहरू बिस्थापित हुनपुग्यो ।

बाढिबाट प्रभावितहरुका कष्ट भनिसाध्य छैन प्रधानमन्त्री ज्यु । अहिले पनि कयौं गाउँहरुमा जब त्यहाँका मानिसहरु बिरामि पर्छन पुल नबनेका कारण कोशौ टाढा देखि स्टेचरमा बिरामी ओसार्न बाध्य हुन्छन । बाढिले करिब ३५, किलोमीटर आसपास तटिय क्षेत्र खंडहर बनेपछि लगत्तै मेरो नै नेतृत्वमा प्रभावितहरुका तर्फ बाट इनै कुराहरु बोकेर विभिन्न ११, बुदे माग राखेर प्रधानमन्त्री ज्युको ध्यानाकर्षण गरायको स्मरण गराउँछु ।

बाढि बाट प्रभावितहरुको पुनर्स्थापना ,बस्तिको संरक्षण र तत्काल केहि लाइफ लाइन सडक र पुलहरुको पुनर्निर्माण हाम्रो प्राथमिकता थियो तेतिबेला । हाम्रो कुराहरू बडो गम्भीरताका साथ प्रधानमन्त्री ज्यु ले सुनिदिय पछि प्रधानमन्त्री ज्यु मार्फत नै हामिले उठायका सबै मागहरु यथाशीघ्र सम्बोधन हुने प्रतिबद्धता आएको थियो ।

प्रधानमन्त्री ज्यु लाइ प्रभावितहरुका तर्फ बाट ध्यानाकर्षण गरायको केहि दिन पस्चात तपाईं कै नेतृत्वको सरकार बाट मनाङ र सिन्धुपाल्चोक जिल्ला लाइ बाढि संकटग्रस्त जिल्ला घोषणा हुंदा हामि निकै नै हर्षित भयका हौं ।

समय क्रम संगै बाढिले मेलम्ची ,हेलम्बु क्षेत्रमा अकल्पनीय क्षति पुर्यायको १, बर्ष नाघिसकेछ । हामिले तेतिबेला प्रधानमन्त्री ज्यु लाइ बाढिग्रस्त क्षेत्रका प्रभावितहरुका समस्याका बारेमा अबगत गरायको पनि १ बर्ष बितिसकेछ । सामाजिक अभियन्ता मात्रै नभयर सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको स्थानीय नेतृत्व र खासगरी प्रधानमन्त्री निकट कार्यकर्ता हुनुको नाताले पनि प्रधानमन्त्री ज्यु मार्फत प्राप्त आश्वासनका बारेमा अहिले हरेक दिन जसो प्रधानमन्त्री ज्यु लाइ बुझायको ध्यानाकर्षण का बारेमा के हुदैछ ? भनेर मेलम्ची हेलम्बुका स्थानीय प्रभावितहरुले सोध्ने गर्नुहुन्छ । छोटो समयमै नेपालि सेनाको नेतृत्वमा हेलम्बुको इचोक चनौटेमा यौटा बेलि ब्रीज पुल बनेपछि क्रमै संग अन्य पुलहरु पनि बन्दै जानेछ संरक्षण र पुनर्निर्माणका काम पनि बिस्तारै सुरु हुनेछ धैर्य गर्न भनेर उहाँहरुलाइ थामथुम पार्ने कोसिस गर्छु ।

बाढिग्रस्त क्षेत्रका स्थानीयहरु त्रासै त्रासमा रात बिताउन बाध्य छन् । कतिपय मानिसहरू उज्यालोमा सुत्छन रातमा टर्च लाइट बोकेर जागा बस्छन् । अघिल्लो आर्थिक बर्षमा बस्ति संरक्षणमा अपेक्षित काम भयन पुनर्निर्माणका काम त झनै शुन्य छ प्रधानमन्त्री ज्यु । गयको बर्ष यो आर्थिक बर्षको पर्खाइमा बित्यो यो आर्थिक बर्षको बजेटमा पनि बाढिले थला पारेको मेलम्चि ,हेलम्बु क्षेत्र प्रदेश र संघीय सरकारको प्राथमिकता मै परेन ।

काकाकुल काठमाडौ राजधानीबासिको प्यास मेटाउने खानेपानीको उदगम हो मेलम्चि प्रधानमन्त्री ज्यु ! दुध ,तरकारी ,चामल खाद्यान्न अनि ठुलो परिमाणमा गिट्टी , बालुवा राजधानी पठाउने श्रोत हो मेलम्चि ! पांचपोखरि ,गोसाइँकुण्ड ,पालचोक भगवती मन्दिर ,हेलम्बु ,लाङटाङ जस्तो धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलका बारेमा सुन्नु भयकै छ । आज यि सबै धार्मिक तथा पर्यटकीय ठाउँहरु एक अर्का संग चुडिँयका छन ।

सडक र आबस्यकता नै नभयको गोरखाको दरौदि खोलामा करोडौं लगानिमा पुल बनेछ आबस्यकता र सडक दुबै भयको मेलम्चि र हेलम्बुमा पुल कहिले बन्छ प्रधानमन्त्री ज्यु ? प्रधानमन्त्री ज्यु बाहेक सरकारका थुप्रै सांसद र ,मन्त्री ज्युहरु बाट बाढिग्रस्त क्षेत्रको अबलोकन भ्रमण भयकै हो । स्वयं प्रधानमन्त्री ज्युलाइ यस क्षेत्रको भ्रमणका लागि समेत पटकपटक आग्रह गरेको सम्झिन्छु ।

एउटा कार्यकर्ताका रुपमा हरेक पटक ब्यस्तताका बाबजुद पनि समय दियर चासो पुर्बक मेरा कुराहरू सुनिदिनु भयकै थियो आज पत्र मार्फत ब्यक्त गरियका कुराहरू प्रधानमन्त्री ज्यु संगै भेटेरै पनि गर्न सक्दथे तर यो पटक मलाइ यसरिनै उचित लागेर खुल्ला पत्र लेखे । समय मिलाएर यसै खुल्ला पत्र मार्फत प्रधानमन्त्री ज्यु लाइ बाढिग्रस्त मेलम्ची ,हेलम्बुमा भ्रमणका लागि समेत निम्तो गर्दछु।

उहि तपाईं कै …….

सागर कुमार श्रेष्ठ

महाधिबेशन प्रतिनिधी, नेपाली काँग्रेस सिन्धुपाल्चोक ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार