देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने धुम्बाराही बैठकको निष्कर्ष

0

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले अध्यक्ष ओलीसँग सामूहिक भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भए पनि एकतालाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने नेताहरुबीच सहमति भएको छ ।

शुक्रबार ५ जना सचिवालय सदस्यको पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसेको थियो । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि ९ जना सचिवालय सदस्यलाई बोलाएका थिए । तर, प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने सहभागी थिएनन् ।

यसअघि ओलीसँग अध्यक्ष दाहालले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार