देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीलाई राष्ट्रपतिको पत्र, दबाब कि सुझाव ? (पत्र सहित)

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासितको भेटमा राखेको धारणा सार्वजनिक भएको छ ।

गएको बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले स्थानीय तह निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

सात बुँदामा समेटिएको धारणा पत्रमा स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुने, स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिनाअगावै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने, जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्य आरम्भ गर्नुपर्नेलगायत विषय उल्लेख छ ।

राष्ट्रपति भण्डारीले लिखित रूपमा तयार गरेको धारणा छलफलका क्रममा प्रस्तुत गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालको भनाइ छ । छलफलमा राष्ट्रपति औपचारिक रूपमा प्रस्तुत भएको विषयलाई राजनीतिकरण गर्न खोजिएको उनले बताए ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरुले भने बैठकमा सो धारणाप्रति आपत्ति जनाएका छन् । राष्ट्रपतिको धारणा शनिबाको बैठकमा बाँडिएपछि नेताहरूले आपत्ति जनाएका हुन् ।

राष्ट्रपतिको धारणा पत्र –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार