देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘प्रधानमन्त्रीले झुटो बोल्नुभयो’-निर्वाचन आयोग

0

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको चर्चा अहिले जताततै फैलिएको छ । उनले नेकपाको आधिकारिकता र चुनाव चिह्न ‘सूर्य’ माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन ‘कानुनी रित नपुगेकाले फिर्ता गरिएको’ दाबी गरेका छन् ।

‘हामी निर्वाचन आयोग गएका छैनौं र जानुपर्ने आवश्यकता पनि छैन । सूर्य चिह्न हाम्रो हो । उहाँहरूले आफूलाई चाहियो भन्नुभएको थियो, त्यो आयोगले खारेज गरिसक्यो । हामीसँगै छ चिह्न, हामीसँगै छ बहुमत किन जानुपर्‍यो ?,’ ओलीको प्रश्न थियो । सरकारले घोषणा गरेको निर्वाचनमा जान तयार नभएका दाहाल र नेपाललाई किन निर्वाचन चिह्न चाहियो भनेर पनि प्रश्न गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्चका नेताहरूले बारम्बार सूर्य चुनाव चिह्न आफूहरूको हुनुपर्ने र त्यसले आगामी निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउने भनेपछि ओलीले स्पष्ट पार्नुपर्ने भयो भन्दै निर्वाचन आयोगले दाहाल – नेपाल पक्षलाई सूर्य चिह्न दिन अस्वीकार गरेको बताएका थिए ।

ओलीले अगाडि भने, ‘उहाँहरू (दाहाल-नेपाल पक्ष)ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ । निर्वाचन आयोगले हिजो (बिहीबार) उहाँहरूको निवेदन रित नपुगेको र अनुचित भनेर रद्द गरेर फिर्ता पठाइदियो ।’

यता निर्वाचन आयोग र दाहाल-नेपाल पक्षले भने आयोगले त्यस्तो निर्णय गरेको कुरालाई अश्वीकार गरेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको निवेदनमा कुनै निर्णय नभएको बताए । निर्णय भएको भए आजसम्म आफूलाई जानकारी भइसक्नुपर्नेमा कुनै जानकारी नभएको बताए । त्यस्तै, आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि त्यसबारे निर्णय भएको विषयमा आफू अनभिज्ञ रहेको बताए ।

नेकपाको दाहाल-नेपाल पक्षबाट निर्वाचन आयोगमा कानुनी कुराहरूको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने प्रधानमन्त्रीको भनाइ झुटो भएको बताएका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार