देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता निजगढमा, विमानस्‍थल बनाएरै छाड्ने प्रतिबद्धता

0

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढमा पुगेका छन्। उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन्।

निजगढ पुगेका शिर्ष नेताहरुले सकेसम्म कम क्षतिहुनेगरी निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घोषाणा गरेका छन्।

निजगढ पुग्नेमा प्रधानमन्नी देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन्।

बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरु काठमाडौंबाट निजगढ पुगेका थिए। टोलीले निजगढ विमानस्थलका साथै फास्ट ट्रयाकको अनुगमन गरेका थिए। निजगढस्थित सेनाको ब्यारेकमा उनीहरुले विमानस्थल कार्यालयका कर्मचारीहरुसँग विमानस्थलको बारेमा ‘ब्रिफिङ’ लिएका थिए। नेपाली सेनाले भने फास्ट ट्र्याकको प्रगतिबारे ‘ब्रिफ’ गरेको थियो।

ब्रिफिङपछि भ्रमण टोलीका सदस्यहरुले पर्यावरणको दृष्टिकोणले कमभन्दा कम क्षतिमा कसरी विमानस्थल बनाउनु पर्ने सरकारले प्रस्तावसहितको योजना ल्याउने बताए।

प्रधानमन्त्री देउवा र शीर्ष दलका नेताहरुले निजगढ विमानस्थल तथा फास्टट्रयाक जसरी पनि सरकारले बनाउने बताएका थिए। देश विकासका लागि यी दुईवटा आयोजना महत्वपूर्ण भएकाले जसरी पनि बनाउनतर्फ सरकार केन्द्रित रहेको उनीहरुले बताएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार