देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारमा

0

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन् ।दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही बेरमा दाहाल निवास खुमलटार आउन लागेको सूचना प्राप्त भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जान लागेकोलाई राजनितिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार