देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच गोप्य भेटवार्ता

0

मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बिहान करिब डेढ घन्टा छलफल भएको जनाइएको छ । भेटका क्रममा बाँस्कोटाको अडियो प्रकरण, संविधान संशोधन, नेकपाको आन्तरिक विवादलगायत राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल भएको बताइएको छ ।

कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा मुलुक दुर्घट्नामा पर्न सक्ने खतरा औंल्याउँदै प्रधानमन्त्री ओलीलाई त्यसो नगर्न सुझाएका छन् । नेकपाले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरी प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने तयारी गरेको थियो ।

वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरासेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणले प्रमाणित गरेको भन्दै कोइरालाले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि सुझाव दिएका जनाइएको छ ।

पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र सचिवालयको निर्णय नमान्ने बताएका प्रधानमन्त्रीत्रीचको यो भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार