देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी शुरुवात

0

दाङ – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो ।

सुदूरपश्चिमले दिएको १ सय ८ रनको चुनौतीलाई पछ्याएको गण्डकीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४८ रनमा समेटियो । गण्डकीका लागि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहँदै ६ रन जोडिन् ।

बलिङमा सुदूरपश्चिमकी सुनिता लोहारले २, कविता कुवार, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिईन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन् ।

३६ बलमा उनले २ चौकासहित २७ रन बनाएकी थिइन् । यस्तै, कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन जोडिन् । बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३–३ विकेट हात पारे । अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार